काठमाण्डौं । सरकारले यही माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार उक्त दिन सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।
यही शुक्रबार सोनाम ल्होसारको अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशीस्थित नियोगमा बिदा दिने निर्णय भएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





