चौतर्फी विरोधपछि नेतृ रामकुमारी झाँक्री रिहा


     एभरेस्ट आवाज    
     माघ २९ गते २०७७ मा प्रकाशित




काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

राज्यविरुद्धको कसुर गरेको आरोपमा आज दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई अविलम्ब रिहा गर्न चौतर्फी दबाव परेपछि प्रहरीले बिहीबार साँझ रिहा गरेको हो ।

घरबाटै पक्राउ परेकी झाँक्रीलाई उनका श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा गरिएको महानगरीय प्रहरी वृत्त मीनभवनका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छन् । साथै उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष गरिन् । ‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् ।

झाँक्रीलाई रान्ज्यविरुद्धको कसुरको दफा ५८ अनुसार प्रहरी अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।




सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।