नेपाल खेलकुद पत्रकार मञ्चद्वारा दुःख व्यक्त


     एभरेस्ट आवाज    
     माघ २९ गते २०७७ मा प्रकाशित




पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीकी साधरण सदस्य उमा आले मगरलाई मातृ शोक परेको छ ।

आलेकी ममतामयी आमा शोभा आले मगरको ५० वर्षको उमेरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गएराती निधन भएको प्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले दुःख व्यक्त गरेको छ ।

मञ्चका महासचिव विजय नेपालले मञ्चको तर्फबाट बिहीबार शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।

नेपालद्वारा जारी विज्ञप्तीमा ‘मञ्चकी साधरण सदस्य उमा आले मगरलाई परेको मातृ शोकप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना , शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भनि हार्दिक समवेदना व्यक्त गर्दछौं ।’ भनिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।