आज माघ शुक्ल प्रतिपदा अर्थात सोनाम ल्होछार।
यो दिन तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछार।
‘ल्हो’ वर्ष अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ।
अर्थात्, तामाङ जाती तथा समुदायको नयाँ वर्ष। तामाङ समुदायको आजको दिन पुरानो वर्षलाई विदा गरेर नयाँ प्रवेश गर्ने दिन हो।
तामाङ समुदायले यस दिनमा विविध कार्यक्रम गरी हर्साेल्लाससाथ सोनाम ल्होछार मनाउँछन्।
आजको दिनलाई ग्याल्पो ल्होछार रुपमा पनि मनाइने गरिन्छ।
शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ।
हिमाली क्षेत्रको उच्च भूभाग तथा यसको आसपासमा भेगका शेर्पा लगायत बौद्धमार्गी समुदायले आजका दिनलाई ‘ग्याल्पो ल्होसार’ का रुपमा मनाउने गर्छनन्।
आजको दिनलाई राष्ट्रिय पर्वको रुपमा नेपाल सरकारले सोनामा ल्होछार तथा ग्याल्पो ल्होछारको सार्वाजनिक विदा दिएको छ।
एभरेस्ट मिडिया हाउस प्रालि परिवार सोनाम ल्होछार तथा ग्याल्पो ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







