पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
शुक्रबार शुक्लागण्डकी नगरपालिका–६ को मिलनडाँडास्थित पृथ्वी राजमार्गमा भएको दुर्घटनामा दुई जना घाइते भएका हुन् ।
भिमादबाट खैरेनीटारतर्फ जाँदै गरेको लु ३० प ९७८६ मोटरसाइकले ग ८ प ५५२५ को स्कुटरलाई बाटो काट्ने क्रममा ठक्कर दिंदा मोटरसाईकल चालक पाल्पाको रामपुर नगरपालिका–२ का १९ वर्षका बल बहादुर थापा र स्कुटर चालक तनहुँको म्याग्दे गाउँपालिका–५ का २५ वर्षिय देवेन्द्र पौडेल घाइते भएका हुन् ।
घाइतेहरुलाई थप उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







