पोखरा । पोखरा महानगरपालिका वडानं १३ आर्वा स्थित नागेस्वर महादेव मन्दिर विकास समितिद्वारा मणीदिपमा निर्माण सम्पन्न भयको प्रसिद्ध महाकाली मन्दिरको उद्घाटन तथा चन्दादाता सम्मान कार्यक्रम एक भब्य समारोह का बिच सम्पन्न भएको छ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीको प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो ।
मन्दिर उद्घाटन तथा चन्दादाताहरुलाई सम्मान गर्दै कार्यक्रम का प्रमुख अतिथि मेयर जिसीले जनस्तरबाट चन्दा संकलन गरी स्थानीय ले यति ठूलो काम गरेको मा धन्यवाद दिय ।महानगरपालिका ले अब यस मन्दिर परिसरमा अन्य संरचना निर्माण गर्दा सहयोग गर्ने वचन प्रमुख जिसीले दिए ।
उनले यो मन्दिर सम्म आउने सात मिटरको सडक बनाउन आफ्नो पहल रहने प्रतिबद्धता पनी ब्यक्त गरे। मणीदिपलाई धार्मिक गन्तव्य स्थल बनाउनु पर्नेमा जोड दिदै उनले महानगरपालिकाले यसको प्रचार प्रसार गर्ने जिम्मेवारी लिने बताए ।
विकटलाई निकट मा ल्याउने महानगरपालिकाको योजना रहेको भन्दै यस्ता धार्मिक तथा पर्यटकीय स्थलको बिकाश गरी गन्तव्य बनाउन लागि पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा समाजसेवी तथा भद्रकाली उच्च माविका पुर्व प्राचार्य किशोरदत्त बरालले सो क्षेत्रको बिकासमा मणिदीपमा बनेको मन्दिरले ठूलो भुमिका खेल्ने भन्दै निर्माण समितिले गरेको कामको प्रसंसा गरे ।
पत्रकार श्रीराम सिग्देल ले जनस्तरबाट निर्माण गरियको यो मन्दिर नौलो ढाँचामा बनेको भन्दै धार्मिक पर्यटनको गन्तब्य बन्नेमा दुईमत नरहेको बताय ।उनले सरकारी तवरबाट पनी सहयोग गर्नु पर्नेमा जोड दिए।
कार्यक्रममा बिश्व हिन्दु महासंघ कास्कीका उपाध्यक्ष भीम बहादुर बराल, अमरज्योति आधारभूत विद्यालयका प्रध्यानाध्यापक बिमल बहादुर बराल, सान्तेडाँडो सालघारी वन उपभोक्ता समितिका अध्यक्ष बिष्णु प्रसाद बराल , सुर्योदय आमा समुहकी अध्यक्ष कोपिला बराल , तारा बराल लगायतले शुभकामना व्यक्त गरेका थिए।
नागेस्वर महादेव मन्दिर विकास समिति मणिदीपका अध्यक्ष नर बहादुर बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण कुमारी बरालले स्वागत तथा सचिव युवराज बरालले कार्यक्रम को सञ्चालन गरेका थिए ।
भारतका प्रसिद्ध गुरु शिवनाथ गिरीको पहलमा जनस्तरबाट चन्दा संकलन गरी निर्माण गरिएको महाकाली मन्दिर निर्माणका क्रममा कुनै पनि सरकारी वा स्थानीय निकायले कुनै सहयोग नगरेको अध्यक्ष नर बहादुर बरालले जानकारी दिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







