देशमा राजनीतिक सङ्कट उत्पन्न : अध्यक्ष थापा


     रासस     
     माघ ३० गते २०७७ मा प्रकाशित




मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रमा निर्वाचन प्रणाली निकै खर्चिलो भएको हुँदा दलले जनताको नाउँमा निष्ठा र इमान्दारिताको राजनीति अङ्गिकार नगर्दा अहिले राजनीतिक सङ्कट उत्पन्न भएको बताएका छन् ।

अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा नेपाली कांग्रेस र नेकपाको व्यवहार र कामबाट जनता अहिले आजित भएको बताए । उनले लोकतन्त्रको आवरणमा मुलुकमा भ्रष्टाचार हावी भएको आरोप लगाए ।

उनले सार्वभौम सम्भावनासहितको सनातन धर्मको रक्षा गर्न सबै नेपालीको चिन्तन आवश्यक रहेको उल्लेख गरे ।

जिल्ला भेलामा राप्रपाका केन्द्रीय सदस्यत्रय मधु अधिकारी, राजाराम बर्तौला, नवराज विष्ट, नेता बालकृष्ण कार्की, हेटौँडा उपमहानगरपालिका राप्रपाका नगर अध्यक्ष गुरुप्रसाद सापकोटा तथा राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले राप्रपाले नेपालको संविधानको भावनालाई आत्मसात गर्दै जनतालाई शान्ति सुरक्षा, मौलिक हकको संवद्र्धन गर्न र आर्थिक सुमृद्धितर्फ उन्मुख गराउन सङ्घीय संसद् र प्रदेशसभामा सकरात्मक भूमिका निर्वाह गरेको बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।