गण्डकी प्रदेश र विभागीय नेपाल पुलिसले टाइगर कप भलिबलको उपाधि


     एभरेस्ट आवाज    
     फागुन २ गते २०७७ मा प्रकाशित




तस्बीर एजेन्सी

गण्डकी प्रदेश भलिबल टिमले पोखरामा सम्पन्न टाइगर कप आमन्त्रण भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि जितेको छ।

विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै घरेलु टोली गण्डकीले प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसीपको पुरुषतर्फको उपाधि जितेको हो।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनलमा घरेलु टोली गण्डकीले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।

निकै प्रतिस्पर्धात्मक फाइनलमा गण्डकीले पहिलो, तेस्रो र पाँचौं सेटमा जित निकाल्दै च्याम्पियन बनेको हो। घरेलु समर्थकको राम्रो साथ पाएको गण्डकीले त्यसको फाइदा उठाउँदै अन्तिम सेटमा आर्मीलाई स्तब्ध पार्दै उपाधि जितेको हो।

पहिलो सेटमा घरेलु टोली गण्डकीले आर्मीलाई २५–२२ हराएको थियो। दोस्रो सेटमा आर्मीले गण्डकीलाई २५–२१ ले हराएको थियो। तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । तेस्रो सेटमा गण्डकीले आर्मीलाई ३२–३० ले हराएको थियो। आर्मी लगातार चार पटक सेट नजिक पुगेर पनि असफल भएको थियो।

चौथो सेटमा आर्मीले गण्डकीलाई २५–२३ ले हराएपछि फाइनल थप रोमान्चक बन्न पुगेको थियो।
रोमान्चक तथा निर्णायक फाइनल सेटमा गण्डकीले आर्मीलाई १५–११ ले हराउँदै उपाधि जितेको हो। सुरुवाती ४ अंकको अग्रता लिएको थियो । आर्मीले उत्कृष्ट प्रर्दशनका साथ ९–९ को अवस्थामा पुर्याएको थियो । त्यसपछि भने गण्डकीले लगातार अंक जोड्दै च्याम्पियन बन्न सफल भएको हो ।
विजेता गण्डकीले उपाधिसहित समान १ लाख ५० हजार र उपविजेता आर्मीले ७५ हजार प्राप्त गर्ने छन्।

शनिबार नै सम्पन्न टाइगर कप भलिबलको महिलातर्फको उपाधि विभागीय पुलिसले जित्यो। नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गर्दै प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधि जितेको हो।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा नेपाली महिला घरेलु भलिबलमा बलियो टोली एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो। पुलिसले पहिलो सेटमा एपीएफलाई २५–२२ ले पराजित गरेको थियो । दोस्रो सेटमा पुलिसले उत्कृष्ट प्रर्दशनका साथ २५–२२ ले एपीएफलाई हराउँदै उपाधि नजिक पुगेको थियो। पुलिसले तेस्रो सेट २५–२१ ले हराउँदै उपाधि जितेको हो ।

विजेता पुलिसले उपाधिसहित समान १ लाख ५० हजार र उपविजेता एपीएफले ७५ हजार पुरस्कार हात पा¥यो। लिग चरणको उद्घाटन खेलमै पुलिसले एपीएफलाई ३–० कै सोझो सेटमा पराजित गरेका थियो।

प्रतियोगितामा एपीएफ, पुलिस, आर्मी र न्यु डायमन्ड स्पोर्ट्स क्लब सहभागी थिए। राउन्ड रोविन लिगमा पुलिस ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गर्दा ५ अंक जोडेर दोस्रो हुदै एपीएफले फाइनलमा स्थान बनाएको थियो।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुषतर्फ घनश्याम चौधरी सर्वोत्कृष्ट हुँदै नगद २०/२० हजारका साथम पदक तथा प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपीएफकै हिरा केसी उत्कृष्ट व्लकर, न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, प्रहरीकी कमला पुन उत्कृष्ट सेटर, प्रहरीकै शान्तीकला तामाङ र महिलातर्फको टिमको उत्कृष्ट प्रशिक्षकमा पुलिसका रुपेश विष्ट घोषित हुँदै सवै उत्कृष्ट हुनेहरुले समान नगद ५/५ हजार प्राप्त गरे।

त्यस्तै पुरुषतर्फ उत्कृष्ट डिफेण्डरमा गण्डकीका राजन दर्लामीमगर भए भने उत्कृष्ट व्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकरमा आर्मीका खेलाडीहरु क्रमश हरि अधिकारी, शरण सामारिक श्रेष्ठ, र धनबहादुर भट्ट घोषित हुँदै समान नगद ५/५ हजार प्राप्त गरे।

कार्यक्रममा नेपालको राष्ट्रिय खेल भलिवलमा उच्च योगदान पु¥याएको भन्दै नेपाल टिमकी पूर्व उपकप्तान मञ्जु गुरुङ र पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्साललाई सम्मान गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।