आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे


     एभरेस्ट आवाज    
     फागुन २ गते २०७७ मा प्रकाशित




आज (आइतबार) फेब्रुअरी महिनाको १४ तारिक अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे)।
विश्वभर आजको दिनलाई उत्सवको रुपमा मनाइने गरिन्छ।

यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक–अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ। आजको दिन गुलाफको फूलको विशेष महत्व रहन्छ।

यस पर्वमा आफ्नो प्रेमी–प्रेमिकालाई गुलाफको फूल दियो भने प्रेम सम्बन्ध सुमधुर रहन्छ भन्ने जनविश्वास छ।

यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो। तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए।

तर, भ्यालेन्टानले भने सम्राट्को यस्तो निर्णयलाई धर्म विरुद्धको निर्णय भने। भ्यालेनटाइनको बुझाइ थियो, अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्। त्यसैले भ्यालेनटाइनले राजा क्लाउडियस द्वितियको निर्णयलाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम गरिदिए। निषेधाज्ञा तोडेको आरोपमा उनलाई ईशा पूर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।