नेपाल क्रिकेट संघ क्यानले आइतबारदेखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु गर्दैछ ।
त्यसका लागि क्यानले शनिबार २० जना खेलाडीको सूची सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको सूचीमा यसअघि ३२ मा नपरेका बसन्त रेग्मीलाई पनि सूचीकृत गरेको छ
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका बेला घाइते भएका आरिफ शेखकको ठाउँमा बसन्त रेग्मीलाई राखिएको जनाइएको छ।
दोस्रो चरणको प्रशिक्षणमा बोलाइएका खेलाडीहरु ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर, कुशल मल्ल, अविनाश बोहोरा, कमलसिंह ऐरी, आशिफ शेख, सुशन भारी, कुशल भुर्तेल, ललित राजबंशी, विक्रम शोव, सन्दीप जोरा, पृथु वास्कोटा, सहाव आलम र बसन्त रेग्मी छन्।
आइसीसी विश्व क्रिकेट लिग २ का लागि नेपाली टिमले तयारी गरेको हो। ओमानमा मार्चमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भएपनि क्यानले बन्द प्रशिक्षण भने जारी राख्ने जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





