पोखरा । पोखराको रामबजारमा रहेको विभूती शिक्षा सदनले वसन्त पञ्चमी विशेष कार्यक्रम गर्ने भएको छ ।
पोखरा–१५ रामबजारमा अवस्थित सदनले वसन्त पञ्चमीका अवसरमा यही फागुन ४ गते मंगलबार विशेष अक्षराम्भ तथा सरस्वती पूजा एवं निःशूल्क आँखा शिविर आयोजना गर्न लागेको विद्यालयमा आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
कार्यक्रमा पूर्विय दर्शनका व्याख्याता गुरु चैतन्य कृष्णले विशेष अक्षराम्भका अवसरमा जीवन उपयोगी प्रवचन दिने विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारीले जानकारी दिए । साथै सोही दिन हिमालय आँखा अस्पतालसंगको सहकार्यमा निःशूल्क आँखा शिविर राखिएको पनि उनले बताए ।
२०५१ सालमा लेखनाथ विभूति बोर्डिङ् स्कुलको नामबाट सञ्चालन भएको सो विद्यालयलाई समय सापेक्ष व्यवसायिक, सीपमुलक तथा प्राविधि अन्तराष्ट्रिय स्तरको शिक्षा दिन फरक सोंच र शैलीबाट आफूहरु आउन लागेको नवनियुक्त विद्यालय सञ्चालक समितिका अध्यक्ष गोपाल प्रसाद भट्टराईले बताए ।
‘शिक्षा त्यो हो जस्ले मुक्ति दिन्छ’ भन्ने नाराका साथ अभिभावक तथा विद्यार्थीहरुका विच आफूहरु आउन लागेको जानकरी दिए । उनले भने, ‘विभूतिमा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय शिक्षासंगै पोखरामा रहेर अन्तराष्ट्रिय स्तरको जीवन उपयोगी शिक्षा पाउँने छन् । जस्तै वैदेशिक भाषा, मोवाइल मर्मत, सफ्टवेयर निर्माण, कम्प्युटर प्रोग्रामिङ, डिजिटल मिडिया तथा फोटो भिडियोग्राफी तालिम मार्फत हामी हाम्रा विद्यार्थीलाई दक्ष बनाउँछौं ।’
विद्यालयलाई अवको पाँच वर्षमा नमुना विद्यालय बनाउने योजनाका साथ आफूहरुले ‘मन्टेश्वरी टु मास्टर’ अन्र्तगत विभिन्न कार्यक्रमहरुको डिजाइन गरिरहेको विद्यालयका प्रिन्सिपल विनोद कुमार अधिकारीले बताए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रचार्य रेखा थापा कार्कीले विभुति शिक्षा सदनमा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय शिक्षा संगै पोखरामा रहेर अन्तर्राष्ट्रिय स्तरको जिवन उपयोगी शिक्षा लिन पाउँने खुसीको कुरा भएको बताइन् ।
अर्का संस्थापक तथा शिक्षासेवी सुशिला केसी अधिकारीले स्थापनाको १० वर्ष भएको विभूतिले, १० वर्षमा खोले फर्किन्छ भने झै पोखराको शैक्षिक क्षेत्रमा फड्को मार्ने खालको कार्यक्रम डिजाइन गरेको बताइन्। अवको केही वर्षमा विभूति शिक्षा सदनलाई नेपालकै नमुना विद्यालयको रुपमा देख्न सकिनेमा आफू विश्वस्त रहेको पनि उनको भनाई थियो ।
कक्षा १० सम्म पठनपाठन हुँदै आएको सो विद्यालय कोभिड–१९ पछिको समयमा ३५० जना विद्यार्थीहरु अध्ययनरहत रहेका छन् भने ३५ जना शिक्षक कर्मचारी रहेको विद्यालयका संस्थापक रेखा थापा कार्कीले जानकरी दिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







