७७ जिल्लामै आज कांग्रेसको विरोध प्रदर्शन र सभा


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०७७ मा प्रकाशित




फाइल तस्बीर

नेपाली कांग्रेसले आज (सोमबार) देशका सबै ७७ जिल्लामा विरोध प्रदर्शन र सभाको आयोजना गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले आज प्रदर्शन र सभा गर्न लागेको हो।

कांग्रेसले यसअघि केन्द्र्रदेखि वडा तहसम्मै विरोध प्रदर्शन र सभाहरु आयोजना गरिसकेको छ।
आजको प्रदर्शनमा पनि उत्साहजनक सहभागिता देखाउन पार्टी सभापति शेरबहादुर देउवाले अपिल गरेका छन्।

सभापति देउवाले हिजो (आइतबार) विज्ञप्ती जारी गरेर आज (सोमबार) हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन्।

सभाको लागि कांग्रेसले शीर्ष नेताहरुलाई जिल्लामा खटाएको छ। सभापति शेरबहादुर देउवा बुटवलमा हुने प्रदर्शनमा सहभागी हुनेछन्।

यसैगरि ललितपुर लगनखेलमा हुने विरोध सभालाई प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन् भने गगन थापाले चितवनमा सम्बोधन गर्नेछन्।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेकपाको आधिकारिकता विवाद नटुंगिएको अवस्थामा कांग्रेसले कुनै गुट विशेषसँग सहकार्य गर्ने अवस्था नरहने प्रष्ट पारेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।