गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशबाट खेलाडी पलायन हुने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरामा हालै सम्पन्न टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिताका उपाधि बिजेता आयोजक टोलीलाई मुख्यमन्त्रीद्वारा आयोजित ‘बधाई ज्ञापन तथा रात्रीभोज’ कार्यक्रममा बोल्दै उनले रोजगारी खोज्दै खेलाडी पलायन हुने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । खेलाडी उत्पादन गर्न बडो गाह्रो हुन्छ,उनले भने,‘दुःख गरेर बल्ल बल्ल खेल्न सक्ने बनाएपछि सेना, पुलिसले लगिहाल्छ, अब यस्तो अवस्थाको अन्त्य गर्छौं ।’ त्यसका लागि सेना, पुलिसले दिने सुविधा भन्दा बढी सुविधा दिने ब्यबस्था गर्ने उनको भनाई छ । सेना, पुलिसले पनि पछि पेन्सन दिने होइन,उनले भने,‘अहिले खेलुञ्जेल दिने सुविधा जति त यहिं दिने ब्यबस्था गर्छौं ।’ यति भएपछि खेलाडीले अवसर र रोजगारीका लागि भन्दै अन्यत्र चाहार्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाई छ ।
मुख्यमन्त्री गुरुङले सेना, पुलिसलगायतका नेपालभरिका सबै टीमलाई हराएर गण्डकी प्रदेशले उपाधि जितेकोमा बधाई ज्ञापन गर्दै अब यो टीम कायम राख्नुपर्ने बताए । त्यसका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्ने हो त्यो गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले गण्डकी प्रदेशमा रगत रगतमा भलिबल छ भन्ने बनाउनुपर्नेसमेत बताए ।
मुख्यमन्त्री गुरुङले खेलकुदको माध्यमबाट कोरोना कहरले थिलथिलो भएको पर्यटन क्षेत्रलाई ब्यूँताउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यहि भएर प्रदेश सरकारले टाइगर कप भलिबलदेखि बाह्रखरी गल्फ प्रतियोगितासम्मलाई सहयोग गरेको उनको भनाई थियो । खेलकुदमार्फत पोखरा खुल्न थालेछ भन्ने सन्देश राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा सन्देश दिन खोजिएको उनले उनले बताए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार शिलवालले टाइगर कप भलिबल प्रतियोगिता जितेको टीमलाई संरक्षण गर्दै आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामासमेत भलिबलमा स्वर्ण पदक जित्नुपर्ने बताए । त्यसका लागि स्थानिय र प्रदेश सरकारले खेलाडी तितरबितर हुने अवस्था आउन नदिनका लागि भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले टाइगर कप भलिबल प्रतियोगिताको बिजेता खेलाडीहरुलाई खादा लगाउँदै बधाई ज्ञापन गरेका थिए । यसैबीच, मुख्यमन्त्री गुरुङको जन्म दिनसमेत परेपछि आयोजक टाइगर ग्रुप अफ पोखरा तथा बिजेता खेलाडीहरुले मुख्यमन्त्री गुरुङलाई खादा लगाएर शुभकामना व्यक्त गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





