हेटौंडा । बागमती प्रदेश सभाको बैठकले यही फागुन ५ गते दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा तयार गरिएको प्रदेश पर्यटन विधेयक–२०७७ आज सचिवालयमा दर्ता भएको छ ।
फागुन ५ गते बिहान प्रदेशसभा कार्यपरामर्श समितिको बैठक बसी सोही दिन दिउँसो सञ्चालन हुने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावना रहेको उनले बताए ।
यसअघि प्रदेशसभाको बैठक माघ १९ गते सञ्चालन हुने भनिएको भए पनि सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदुर किसान पार्टीको दुई र एक स्वतन्त्र गरी ११० जना सदस्य रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





