सरस्वती पुजा एवं भजन गायन कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०७७ मा प्रकाशित




पोखरा । नेपाल शास्त्रीय संगीत समाज, गण्डकी प्रदेश र संगीत प्रशिक्षण केन्द्र, पोखराको संयुक्त आयोजनामा बसन्त पञ्चमीको अवसरमा “सरस्वती पुजा एवं भजन गायन २०७७” कार्यक्रम बिन्ध्यवासिनी स्थित संगीत प्रशिक्षण केन्द्रको सभाहलमा सम्पन्न भएको छ ।

समाजका गण्डकी प्रदेश संयोजक तथा केन्द्रका द्वितिय उपाध्यक्ष वरिष्ठ तबलाबादक श्यामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार, पोखरेली युवा सांस्कृतिक परिवारका सचिव डा. चैतन्य अधिकारि प्रमुख अतिथि रहेका थिए ।

झण्डै दुइ घण्टा औपचारिक रुपमा संचालन भएको कार्यक्रममा सरस्वती पुजन संगै बिभिन्न भजन प्रस्तुति र शास्त्रीय राग गायन समेत प्रस्तुत गरिएको थियो ।

संगीत प्रशिक्षणका प्रशिक्षार्थीहरुले सामुहिक सरस्वति बन्दना गाएर उपस्थित सबैलाइ स्वागत गरे भने सनम नेपालि, एम.डि काफ्ले,प्रशान्ति राइ, प्रकृति राइ,टिना गुरुङ, शिवानि थापा,संतोष पराजुली, श्यामलाल श्रेष्ठले भजन र मन थापा,गोमा घिमिरेले राग गायन प्रस्तुत गरेको थिए । बाद्यबादनमा प्रशिक्षक रोम तामाङ,मिलन गिरि,निर्मल राइ,खेम लामा लगायतले साथ दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.अधिकारिले अन्य ज्ञान जस्तै संगीत सर्वव्यापी भएकोले एसको पहिचान र रसस्वादनमा साधनारत रहन शुभकामना सहित यस क्षेत्रमा योगदान पुर्याइरहेको संस्था संगीत प्रशिक्षण केन्द्रको श्रीवृद्धिको लागि ब्यक्तिगत रुपमा रु दश हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समापन घोषणा सहित आफ्नो भजन प्रस्तुति राखेका संगीतकार श्यामलाल श्रेष्ठले “धैर्यता र अनुशासनसहितको संगीत साधना“को लागि अनुरोध गर्दै संगीत प्रशिक्षण केन्द्र पोखराकै संगीत सम्बद्द अग्रणि संस्था भएकोले आगामि दिनमा समेत नेपाल शास्त्रीय संगीत समाज,गण्डकि प्रदेशले यसैगरि कार्यक्रमहरुमा समन्वय गरिरहने बताए ।

कार्यक्रमको संचालान केन्द्रका महासचिव एम.डि काफ्लेले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।