पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार बनेको ३ वर्ष सकिदापनि काम गर्न नसक्नुमा संघ सरकार दोषी रहेको बताएका छन् ।
गण्डकी प्रदेश सरकार स्थापनाको तेश्रो वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले संघ सरकारका कारण प्रदेश सरकार स्थापना भएको ३ वर्ष बित्दापनि काम गर्न नसकेको गुनासो गरेका हुन् ।
जनताको साथ र समर्थन हुँदाहुँदैपनि काम गर्न सकिएन,उनले भने,‘संघ सरकारका कारण, सिंहदरबारका कारण, केन्द्रीकृत मानसिकताका कारण काम गर्ने वातावरण नै बनेन ।’ काम गर्न नसकेकोमा म माफी नै माग्दिन, उनले भने, ‘किनकी हाम्रो कारणले भन्दापनि संघको, सिंहदरबारको, काठमाडौंको केन्द्रीकृत मानसिकताले हो, त्यसैले यसमा हाम्रो दोष छैन ।’
मुख्यमन्त्री गुरुङले जग्गा प्राप्ति संघीयता कार्यान्वयनको मुख्य बाधक भएको बताए । जसका कारण चाहेरपनि पूर्वाधार निर्माण गर्न नसक्दा प्रदेश सरकारको काम नदेखिएको उनको भनाई छ । जग्गा मागेको १ महिनामा जग्गा प्राप्ति भइसक्नुपर्नेमा ३ वर्ष पुग्दापनि प्राप्ति नहुँदा काम गर्न नपाएको उनले बताए । संघीयताको विरोध गर्ने संविधान विरोधी भएको आरोप लगाउँदै उनले भने,‘संघीयता विरोधी कुरा किन गरेको ? तपाईंले संविधान मान्नु पर्दैन ? ।’
मुख्यमन्त्री गुरुङले ३ वर्ष पार गरेपछि बल्ल सरकार हुनुको महशुष भएको उनले बताए । जग्गा प्राप्तिदेखि प्रदेश प्रहरी तथा कर्मचारीसमेत आफैले भर्ना गर्न पाउनेलगायतका ब्यबस्था भएपछि सरकार हुनुको महशुष बल्ल भएको उनको भनाई छ । उनले गण्डकी प्रदेश उज्यालो प्रदेश, १ घर १ धारा, सडक, पानी, मुख्यमन्त्री नमूना कृषि गाउँ, होम–स्टेलगायतका कार्यक्रमले प्रदेशको काम अलिअलि भएपनि देखिएको बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारले सरकार हुनुको महशुष गराउन नसकेको टिप्पणी गरे । ‘डकुमेन्टमा त हामीले काम गरेको देख्यौं, तर प्रदेशबासीले अनुभूत गर्नेगरी काम भएको देखिदैन’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







