पछिल्लो २४ घण्टामा पोखरामा ५.२ मिलिमिटर वर्षा


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०७७ मा प्रकाशित




पोखरा । पश्चिमी वायुको प्रभावका कारण पोखरा सहित देशका उच्च पहाडी तथा हिमाली भू भागहरुमा आंशिक तथा सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यता, जल तथा मौसम विज्ञान कार्यालय, पोखराले दिएको जानकारी अनुसार आज दिउँसोबाट पोखरासहित आसपासका स्थानमा वर्षा भएको छ ।

कार्यालयका अनुसार मंगलबार साँझसम्म पोखरामा ५.२ मिलिमिटर वर्षा भएको छ । यस्तै स्याङ्जामा २५.५ मिलिमिटर, लुम्लेमा २३.७ मिलिमिटर र खैरनीटारमा १४.९ मिलिलिटर
वर्षा मापन गरिएको छ ।

यस्तै कार्यालयका अनुसार आज पोखराको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस र अधिकतम २३.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यस्तै स्याङ्जामा न्यनतम ७ डिग्री र अधिकतम २२ डिग्री सेल्सियस मापन गरिएको जनाइएको छ । लुम्ले न्यूनतम तापक्रम ४.८ डिग्री मापन हुँदा अधिकतम तापक्रम १७ डिग्री सेल्सियस पुगेको थियो । खैरेनीटारको न्यूनतम ९.५ डिग्री र अधिकत ९.५ डिग्री सेल्सियस मापन गरियो ।

सबैभन्दा कम जोमसोमको न्यूतम १.५ र अधिकतम १४.५ डिग्री सेल्सियस मापन गरिएको कार्यालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेश सहित प्रदेश नं १ तथा सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तराईका थोरै भू–भागमा विहानीपख कुहिरो हुस्सु लाग्न सक्ने हुँदा तापक्रममा सामान्य गिरावट आउन सक्ने मंगलबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।