गण्डकी प्रदेश प्रमुख शेरचन–बेपत्ता आयोगका अध्यक्षबीच भेटघाट


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसँग बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले शिष्टाचार भेट गरेका छन्।

मंगलबार भएको शिष्टाचार भेटका क्रममा आयोगका अध्यक्ष सुवेदीले बेपत्ता छानविनका सम्बन्धमा आयोगले गरेका कामबारे प्रदेश प्रमुख शेरचनसमक्ष ब्रिफिङ गरेका थिए।

सो अवसरमा अध्यक्ष सुवेदीले विगतमा द्वन्द्वरत पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको छानविन र पीडितका बारेमा नीतिगत रुपमा सम्बोधन हुनुपर्ने धारणा राखे।

त्यस्तै, प्रदेश प्रमुख शेरचनले आयोगले गरेका कामबारे आफू सन्तुष्ट भएको र बेपत्ता छानविनमा आयोगलाई अझै सक्रिय भएर लाग्न सुझाव दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।