श्री केदारेश्वरमा सरस्वती पूजनोत्सव वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०७७ मा प्रकाशित




श्री केदारेश्वर छात्र परिषद्को आयोजनामा सरस्वती पूजनोत्सव वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

केदारेश्वर महादेवमणी सेवाआश्रमको सहयोग तथा केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमको संयोजनमा भएको हाजिरीजवाफ प्रतियोगितामा उत्तम दुवाडीको समुह प्रथम, माधव गौतमको समुह द्धितिय, कृष्ण ढकालको समुह तृतीय र गणेश भण्डारीको समुहले सान्त्वना स्थान प्राप्त गरे।

वक्तृत्वकला प्रतियोगितामा कृष्ण ढकाल प्रथम, उत्तम दुवाडी द्धितिय, प्रल्लाद दवाडी तृतीय र गणेश भण्डारी सान्त्वना भए। कार्यक्रमा सरश्वती माताको विधिपुर्वक विशेष पुजा समेत गरिएको थियो।

सोही कार्यक्रममा विद्यालयमा अध्ययरत उत्कृष्ठ अंक प्राप्त गर्न सफल विद्यार्थीलाई पदक प्रदान गर्ने उदेश्यले ललितपुर निवासी इन्दिरा पाण्डेले १ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । सोही अवसरमा काठमाण्डौ निवासी कय सिंहले ५१ हजार र संस्थाको कोषाध्यक्ष रामप्रसाद बस्ताकोटीले आफ्नो ५० औं वैवाहिक वर्षगाठँको अवसरमा ५१ ह्जारको अक्षयकोष रकम हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ६ का अध्यक्ष जगत पहारीले कदारेश्वर सांस्कृतिक अध्ययन केन्द्रको रुपमा निर्माणाधीन पुस्तकालयलाई वडास्तरीय बजेटबाट १५ लाख स्वीकृत भइसकेको जानकारी गराए। पहारीले अन्य विकासका योजनामा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए। मानवजीवनमा विद्या भन्दा ठूलो धन केही पनि नभएको हुँदा त्यो पनि संस्कृति विद्या प्रदान गर्ने केदारेश्वरको अभियानमा आफू लाग्ने प्रतिबद्धता जनाए।

विश्व हिन्दुमहासंघ कास्कीका अध्यक्ष पार्वता पौडेलले केदारेश्वरका बटुकहरुको प्रस्तुतिकरणले आफू प्रभावित भएको बताइन्। केदारेश्वरको हरेक गतिविधिमा विश्व हिन्दु महासंघ सँगसँगै रहने पौडेलले प्रतिबद्धता जनाइन्।

रेडियो सफलताकी प्रवन्ध निर्देशक दुर्गा अधिकारीले भगवान्को कृपा, गुरुको संकल्प अनि केदारेश्वर महादेवमणी सेवा आश्रम संचालक समितिको प्रयासले यस क्षेत्रको परिवर्तन भएको बताउँदै खुसी व्यक्त गरिन्। उनले भोलीका दिनमा संचार क्षेत्रबाट आफूले गर्नुपर्ने साथ र सहयोग गर्ने प्रतिवद्धता जनाइन्।

केदारेश्वर महादेवमणी सेवा आश्रमका पिठाधीशको अध्यक्षतामा भएको कार्यक्रममा केदारेश्वर छात्र परिषद्का उपाध्यक्ष हेमराज खतिवडाले स्वागत र अध्यक्ष अर्जुन खतिवडाले संचालन गरेका थिए।

केदारेश्वर गुरुकुल विद्याश्रमका सचिव इन्द्रप्रसाद बराल, निर्णायक माधव शर्मालगायतले बोलेका थिए। केदारेश्वर महादेवमणी सेवा आश्रमका वरिष्ठ उपाध्यक्ष दयानन्द पोख्ररेलले कार्यक्रमको समापन गर्दै केदारेश्वर गुरुकुल विद्याश्रमको जिर्णोद्धार भवन तथा शौचालय निर्माणका लागि पोखरा महानगरपालिकाद्धारा अनुमति प्राप्त भईसकेको जानकारी गराए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।