गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कास्की, तनहुँ, स्याङ्जा र म्याग्दीका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार कास्कीको पोखरा महानगरपालिकाका १२ तथा तनहुँ, स्याङ्जा र म्याग्दीका १÷१ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १६ जना संक्रमित निको भएका छन् ।
बुधबार १५ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ८ सय ६३ पुगेको छ । जस मध्ये १५ हजार ३ सय ९४ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । हाल गण्डकी प्रदेशमा कुल २ सय ६५ जना सकृय संक्रमित रहेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





