सांकेतिक तस्बीर
नेपाली काँग्रेस मादी ३ का कार्यवाहक सभापति नारायण गुरुङ र समाजसेवी बेलबहादुर गुरुङ पक्राउ परेका छन्।
काँग्रेस सभापति नारायण गुरुङ र नेकपा नेता तथा तत्कालीन नेकपा माओवादी केन्द्रका नेता वेलबहादुर गुरुङ मादी गाउँपालिकाको केन्द्र सार्ने विषयको विवादमा पक्राउ परेका हुन्।
कास्की प्रहरीले उनीहरु दुवैलाई हिँजो (बुधबार) दिउँसो १ बजे पक्राउ गरी डाडाँकोनाक प्रहरी चौकीमा राखिएको छ।
उनीहरु दुवैलाई हिँजै कास्की जिल्ला अदालतबाट एक साताको म्याद दिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डाँडाकोनाक प्रहरी चौकीले जनाएको छ।
मादी गाउँपालिकाकी उपप्रमुख विष्णुमाया पौडेलले गुरुङद्धयविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र अभद्र व्यवहार गरेको भन्दै मंगलबार किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी मुद्धा अघि बढाइएको डाँडाको नाक प्रहरी चौकीले जनाएको छ। नारायण गुरुङले मादी गाउँपालिकाको केन्द्र सार्ने निर्णय विरुद्धको नेतृत्व गर्दै आएका दिए ।
गुरुङद्धय पक्राउप्रति नेपाली काँग्रेस मादी गाउँपालिका इकाईले आपत्ति प्रकट गरेको छ। गाउँपालिकाका सभापति देवीजंग गुरुङले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाभित्रको विवादमा आफ्ना नेता पक्राउ गरेकोमा आपत्ति प्रकट गरेका हुन्। गाउँपालिकाको केन्द्र सार्ने विषयको विवादमा आफ्ना नेतामाथि झुट्टा आरोपमा पक्राउ गरिएको भन्दै काँग्रेसले यसलाई हल्कारुपमा नलिन चेतावनी दिएको छ।
नेपाली काँग्रेस मादीका सचिव भानु ढकालले पक्राउ परेका नेताहरुलाई विनाशर्त तत्काल रिहाइ नगरिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन्। नेता ढकालले अदालतले अन्तरिम आदेश जारी गरिसक्दा पनि विभिन्न वाहनावाजी गरिरहनु विडम्वना भएको भन्दै त्यसलाई कांग्रेसले सहेर नबस्ने स्पष्ट पारेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







