तस्बीरः एजेन्सी
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आज (बिहीबार) सँगसँगै पोखरा आउँदैछन् ।
नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेसका शीर्ष नेता पोखरा आउने भएका हुन् ।
संसद विघटन भएपछि उनीहरुको यो पोखरा भ्रमण पहिलो हो।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेश कमिटीले कार्यक्रम राखेको छ ।
प्रशिक्षण थाल्नुअघि, संघले चिप्लेढुंगाबाट ¥याली निकाल्ने जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







