आईपीएलमा बिकेनन् सन्दीप


     एभरेस्ट आवाज    
     फागुन ६ गते २०७७ मा प्रकाशित




पोखरा । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् ।

चेन्नईमा भइरहेको अक्शनमा सन्दीप पर्न नसकेका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्धन नगरेको हो ।

सन्दीपले यसअघि आईपीएलको तीन सिजन खेलिसकेका छन् । तीन सिजन नै दिल्ली क्यापिटल्सबाट खेलेका उनले ९ खेलबाट १३ विकेट लिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।