तस्बीरः एजेन्सी
अमेरिकी पर्सिभिअरन्सको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ।
६ वटा पांग्रा भएको रोबट ७ महिना करिब आधा अर्ब किलोमिटर यात्रा गरेर नेपाली समयअनुसार आज (शुक्रबार) बिहान करिब २ः४० बजे मंगल ग्रहको सतहमा अवतरण गरेको हो।
यान मंगल ग्रहमा अवतरण गरेको तस्बिर नासाले ट्वीट गरेको छ। पर्सिभिअरन्सले मंगल ग्रहमा पहिले जीवन भएरनभएको अध्ययन गर्ने बीबीसीले जनाएको छ। अहिलेसम्म मंगल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकामा ८ वटा सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्। अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा असफल भएको छ।
सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने लक्ष्य लिएको छ। अन्तरिक्ष यान अवतरण गरेपछि नासाको नियन्त्रण केन्द्र (कन्ट्रोल सेन्टर) मा बसिरहेका वैज्ञानिक खुसीले उफ्रिएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







