टुँडिखेललाई घेर्दै आज नागरिक आन्दोलनको घोषणा गरिदैँ


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

नागरिक समाजले आज (शुक्रबार) टुँडिखेल घेर्दैछ।

साथै, नागरिक समाजले बृहत् नागरिक आन्दोलनले टुँडिखेल घेर्दै घोषणापत्र पनि जारी गर्नेछ ।

बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७ नाम दिइएको घोषणापत्र टुँडिखेलमा हुने आन्दोलनबाट सार्वजनिक गर्न लागिएको हो ।

साथै समाजले टुँडिखेलमा गर्ने मार्चपासमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ। नागरिक आन्दोलन रत्नपार्कबाट सुरु भई भद्रकाली सहिदगेट भएर मार्चपास पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्नेछ।

त्यसपछिको कार्यक्रम मन्तव्य र कविता वाचन हुने समाजले जनाएको छ। हिजो (बिहीबार) भने प्रचण्ड–माधव नेपाल समूह पक्षको मानव साङ्लोले टुँडिखेल घेराउ गरेको थियो।

गत माघ २० गतेको नागरिक आन्दोलनपछि पत्रकार र लेखक नारायण वाग्ले, युग पाठक, जेबी विश्वकर्मा, अनुभव अजित, भाष्कर गौतम, उज्ज्वल प्रसाईलगायत नागरिक समाजले आन्दोलनको घोषणापत्र २०७७ तयार पारेको जनाइएको छ


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।