पोखरामा भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबलको उपाधि तनहुँ र म्याग्दीले जितेको छ । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दीले उपाधि जितेको हो ।

शनिबार भएको खेलमा तनहुँले स्याङ्जालाई ३–२ को सेटमा पन्छाउँदै उपाधि माथि कब्जा जमायो भने महिलातर्फ म्याग्दीले पर्वतलाई सोझो ३–० सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको पुरुष तर्फको उपाधि भिडन्तमा तनहुँले पहिलो सेट स्याङजालाई २५–२३ ले गुमाएको थियो । पहिलो सेट गुमाएको तनहुँले दोस्रो र तेस्रो सेट भने आफनो पक्षमा पार्यो । २५–१७ र २५–२० मा लगातार दुई सेट लिएको तनहुँले चौथो सेट भने स्याङजालाई सुम्पिदैं खेल नाटकीय रुपमा पाँचौ सेटमा पुग्यो । चौथो सेट तनहँुले स्याङजालाई १३–२५ मा सुम्पिएपछि खेल निकै प्रतिस्पर्धात्मक मोडमा पुगेको हो । अन्तिम तथा निर्णायक सेटमा भने तनहुँले स्याङजालाई १५–१० को सेटले पन्छाउँदै पहिलो मुख्यमन्त्री कप भलिबलको उपाधि माथि कब्जा जमायो ।
पुरुष तर्फको तेस्रो स्थानमा भने पर्वत रह्यो । पर्वत जिल्लाले म्याग्दीलाई २३–२५, २५–१४, २५–१७ र २७–२५ को सेटमा पराजित गर्दै तेस्रो स्थानमा रहँदै नगद ५० हजार पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगिता अन्तर्गत महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले जित्यो । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि चुम्यो । म्याग्दीले पर्वत जिल्लालाई २५–१४, २५–१५ र २५–१७ को सेटमा पराजित उपाधि हात पार्यो ।
प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २÷२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १÷१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०÷५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।
महिला तर्फ नेपाली राष्ट्रिय भलिबल टीमकी कप्तानसमेत रहेकी म्याग्दीकी अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भईन् । पुरुष तर्फ भने तनहूँका मिलनचन्द ठकुरी घोषित भए । यसैगरी विधागत महिला तर्फ उत्कृष्ट स्पाईकर तनँहुकी उषा भण्डारी, डिफेण्डरमा कास्कीकी अन्सु थापा, सेटरमा अर्पणा खाँड ठकुरी, ब्लकरमा पर्वतकी हिरा केसी, सर्भरमा म्याग्दीकी कमला पुन र प्रशिक्षकमा म्याग्दीका तेजेन्द्र बानियाँ घोषित भए । त्यसैगरी पुरुष तर्फ विधागत पुरस्कार क्रमश स्पाईकरमा तनहँुका अशोक श्रेष्ठ, डिफेण्डरमा स्याङजाका राजन दर्लामी, ब्लकरमा स्याङजाका महेन्द्र श्रेष्ठ, सर्भरमा स्याङजाका बिवस थापा, सेटरमा तनहँुँका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित भए । विधागत विजेता खेलाडीहरुलाई नगद ५÷५ हजारसहित ट्रफी र पदक प्राप्त गरिएको थियो । विजेता तथा उपविजेता जिल्लाका खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले नगदसहित ट्रफी प्रदान गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







