केपी ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन : नेता अधिकारी


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०७७ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा गण्डकी सह–इन्चार्ज खगराज अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन र मूल पार्टी भएको बताएका छन्।

आगामी फागुन १५ गते हुने बृहत आमसभाका लागि नेकपा वडा नं २७ कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता अधिकारीले नेकपाको राष्ट्रवादी धारको नेतृत्वमा केपी ओलीको विकल्प नरहेको दाबी गरे।

विघटित प्रतिनिधि सभा सदस्यसमेत रहेका अधिकारीले फागुन १५ गतेको आमसभा शक्ति प्रर्दशन मात्रै नभई चुनावी सभाको रुपमा बुझी सोही अनुरुप तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दामोदर बैरागीले केपी शर्मा ओलीको नेतृत्वमा मात्रै बिकास र समृद्धि अगाडी बढ्ने बताए।

राष्ट्रिय युवा संघ कास्की इन्चार्ज विष्णु पुनले आमसभालाई सफल बनाउन टोल कमिटीसम्म पुगेर खट्न युवाहरुलाई निर्देशन दिए।

नेकपा वडा नं २७ का अध्यक्ष सूर्यमणी लामिछानेले वडाभित्र रहेका १३ वटा टोल कमिटी करिब १२ सय जनाको सहभागी रहने गरि तयारीमा जुटेको जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।