नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको अध्यक्षमा मनोहर श्रेष्ठ चयन भएका छन् । नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको पाचौं साधारण सभा तथा तेश्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा सुशीलकुमार गुरुङ चयन भएका छन् । अध्यक्ष श्रेष्ठ र बरिष्ठ उपाध्यक्ष गुरुङ दुबै सञ्चार उद्यमीसमेत हुन् । उनीहरु दुबै पोखराको एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमका सञ्चालक हुन् ।
यसैगरी उपाध्यक्षमा जीवन ढुंगाना, सचिवमा विनोद केसी, सह–सचिवमा चिन्तामणी खरेल र कोषाध्यक्षमा सुनिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुदीप कँडेल, पुरुषोत्तम पौडेल, मुक्तिनाथ त्रिपाठी, केशव पराजुली र सञ्जय श्रेष्ठ चयन भएका छन् ।
संघको सल्लाहकारमा निवर्तमान अध्यक्ष शिवराज पहारी र दीनेश श्रेष्ठलाई चयन गरेको अध्यक्ष मनोहर श्रेष्ठले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







