साङ्केतिक तस्विर
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू औषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
लागुपदार्थ ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पुतलीबजार नगरपालिका–१ का २५ वर्षीय दिवस गुरुङ र आँधीखोला गाउँपालिका–१ का २२ वर्षीय अमुल परियारलाई पक्राउ गरेको हो ।
दिवसको घरमा खानतलासी गर्दा दिवस सुत्ने कोठामा राखेको ब्यागमा दुई–दुई एमएलको लागुऔषध बुफ्रेनोर्फिन २८ एमपुल, डाइजेपाम २८ थान, फेनरागन २८ एम्पुल गरी ८४ एम्पुल र लागुऔषध गाँजा पाँच ग्राम, सिरिञ्ज एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







