नेपाली काँग्रेस मादी ३ का कार्यवाहक सभापति नारायण गुरुङ ५ दिनपछि रिहा भएका छन्।
उनीसँगै समाजसेवी तथा नेकपा नेता तथा तत्कालीन नेकपा माओवादी केन्द्रका नेता वेलबहादुर गुरुङसमेत रिहा छन्।
उनीहरु दुवैलाई आइतबार बेलुकी कास्की जिल्ला प्रशासनले जनही १७ हजार ५ सय रुपैयाँ धरोटीमा रिहा गरेको हो। मादी गाउँपालिकाको केन्द्र सार्ने विषयको विवादमा अभद्र व्यवहारसम्बन्धी मुद्धामा उनीहरु गत बुधबार पक्राउ परेका थिए।
मादी गाउँपालिकाकी उपप्रमुख विष्णुमाया पौडेलले गुरुङद्धय विरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र अभद्र व्यवहार गरेको भन्दै गत मंगलबार किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी मुद्धा अघि बढाइएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







