पोखरा । म्याग्दीको बेनीबाट पोखरातर्फ आइरहेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बेनीबाट पोखराका लागि छुटेको ग ३ च १०९ नम्वरको जीप कुस्मा– पोखरा सडकखण्ड अन्र्तगत पर्वतको मोदी गाउँपालिका–५ अम्बोट भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका ६५ वर्षिय भिमबहादुर पुन, सोही स्थानका विशाल गर्बुजा र ताराबहादुर गर्बुजा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घाइते मध्य ६५ वर्षिय पुनको मध्यम रहेको र बाँकी ३० वर्षिय गर्बुजाको अवस्था सामान्य रहेको जनाइएको छ । घाइतेहरुलाई थप उपचारका लागि पोखरा ल्याइएको पनि प्रहरीले विज्ञप्ती मार्फत जनाएको छ ।
जीपमा ४ जना सवार रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







