साङ्केतिक तस्विर
पोखरा । लागू पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले पोखरा महानगरपालिका वडा नम्वर २ भैरवटोल बस्ने वर्ष २४ का मुक्तान शर्मालाई प्रतिवन्धित लागूऔषध नाईट्रोभ्याट २११ ट्वावलेटसहित पक्राउ गरेको जनाएको छ ।
वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शर्माबाट उक्त परिमाणमा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पक्राउ परेका शर्मा विरुद्ध लागूऔषध कसूर अन्र्तगत कास्की जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







