पोखरामा फागुनको दोस्रो हप्ताबाट क्लबस्तरिय सुपर जनरल टी–२० क्रिकेट लिग प्रतियोगिता हुने भएको छ।
के.एन. स्पोर्ट्स प्रालिको आयोजनामा पोखरा रंगशालामा फागुनको १७ गतेदेखि २६ गतेसम्म प्रतियोगिता संचालन भएको हो।
प्रतियोगितामा विभिन्न जिल्लाका ८ टिमको प्रतिस्पर्धा रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा के.एन. स्पोर्ट्स प्रालिले जानकारी गराएको छ । प्रतियोगितामा सुपर जनरल पोखरा–११, चितवन क्रिकेट टिम, प्यालिगन्स तनहुँ, वाग्लुङ क्रिकेट क्लब, स्याङजा त्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब, मिक्समाण्डु क्लब र स्टन एकेडेमी चितवनले गर्नेछ ।
प्रतियोगितावारे जानकारी दिदैँ प्रतियोगिता संयोजक कमल थापाले विजेताले नगद ५० हजार रुपैँयाका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाए। उपविजेताले भने नगद पुरस्कार पाउने छैन। उपविजेताले नगद पुरस्कार पाउने छैन। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी संगै उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले आकर्षक पुरस्कार पाउनेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







