सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा दीप प्रज्वलन


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०७७ मा प्रकाशित




सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै पोखरामा दीप प्रज्वलन गरिएको छ । नेकपा प्रचण्ड–माधव पक्षले विघटित प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेकपा प्रचण्ड–माधव समूहले साँझमा पोखराको पृथ्वी चोकमा द्वीप प्रज्वलन गरेको हो ।

नेकपा प्रचण्ड–माधव समूह कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण), नेकपा केन्द्रीय सदस्यहरु श्रीनाथ बराल, सीता गिरी ओली, कास्की सचिव बखानसिंह तमु, नेकपा प्रचण्ड–माधव समूह पोखरा नगर कमिटी सचिव विश्वप्रकाश लामिछानेलगायतको नेतृत्वमा भएको कार्यक्रममा सहभागिहरुले सर्वोच्च अदालत हाईहाई, केपी ओली बाईबाई, सर्वोच्च अदालत विकेन, केपी ओली टिकेन, केपी तेरो पाराले, दुःख पाए साराले लगायतका नाराहरु लगाएका थिए । उनीहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामासमेत मागेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।