पोखरा महागनरपालिकाले कर्मचारीहरुलाई सकारात्मक सोंच राख्न सिकाइएको छ।
महानगरको सहरी योजना आयोगको व्यवस्थापनमा भएको आवासीय अभिमुखीकरणमा ५० जना कर्मचारीको सहभागिता छ।
३ दिने कार्यक्रमको मेयर मानबहादुर जिसीले उद्घाटन गरेका थिए। सो अवसरमा उनले नागरिकको करबाटै सुविधा लिएका कर्मचरीहरुले नागरिकबाट गुनासो नै नआउने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका सहजकर्ता एवं पोखरा महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष डाक्टर आरसी लामिछानेले महानगरका कर्मचारीहरुबीच योग्यतामा कुनै कमी नभएको तर शैली बदल्नुपर्नेमा बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







