इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले नयाँ निशान म्यागनाइट सार्वजनिक गरेको छ।
बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटको पोखरामा मंगलबार एक कार्यक्रमबीच बिक्री शुभारम्भ गरिएको हो।
नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाइटको शुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ।
‘मेक इन इण्डिया, मेड फर द वल्र्ड’ को दर्शनमा निर्मित नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू रहेको कम्पनीले जनाएको छ। जसले उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ।
समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निसानको मान्यता अनुसार नै यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ।
म्यागनाइटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पूरा गर्ने ध्येयका साथ निकै गहनताका साथ डिजाइन गरिएको बताइएको छ। पुष बटम स्टार्ट, प्रोजेटेड एलइडी हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले निशान म्याग्नाइट धेरै ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे।
इलाइट मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक गोपाल बरालले निशान म्याग्नाइटको बिक्री शुभारम्भ ग्राहक केन्द्रीत यात्रामा एउटा अविस्मरणीय कोशेढुंगा हुने बताए।
‘विशेष गरी हाम्रो मुल्यवान ग्राहकहरुका लागि बिग, बोल्ड, ब्युटिफुल र क्यारिजम्याटिक निशान म्यागनाइट २९ लाख ४९ हजार रुपैयाँमा बजारमा ल्याएका छौं। ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले पक्कैपनि नेपाली बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।
व्यवस्थित सर्भिस सेन्टर स्थापना गरी कम्पनीले बिक्रीपछिको सेवालाई प्राथमिकतामा राखेको उनले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







