तनहुँमा सहिद चन्द्रबहादुर नेपालीको सालिक बन्दै


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०७७ मा प्रकाशित




तनहुँका सहिद चन्द्रबहादुर नेपाली सार्कीको सालिक निर्माण गरिने भएको छ।

व्यास नगरपालिका–१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा सहिद चन्द्रबहादुर नेपाली छात्रवासको परिसरण्मा निर्माण गर्ने सालिकको शिलान्यास गरिएको छ ।

२००७ साल माघ–१ गते बन्दीपुरको अड्डा कब्जा गर्ने क्रममा नेपाली सहिद भएका थिए ।
गण्डकी प्रदेशका सदस्य डोबाटे विकले शिलान्यास गरेका हुन् । सो अवसरमा सांसद विकले काँग्रेसको नेतृत्वमा भएको आन्दोलमा ६ जनाले सहादत प्राप्त गरेको र तिमध्ये नेपाली पनि सहि दबनेको उल्लेख गरे । नेपालमा प्रजातान्त्रिक आन्दोलनमा सहिद चन्द्र नेपाली जस्ता दलित परिवारको ठूलो योगदान गरेको स्मरण गर्दै सांसद विकले उनको स्मरणमा २०५८ सालमा नै छात्रावास निर्माण गर्ने छलफलबाट निधो आएको भएपनि त्यसको १७ वर्षपछि मात्रै छात्रावास निर्माण गर्न लागिएको बताए।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणको ५ लाख रुपैयाँको आर्थिक सहयोगमा प्रतिमा निर्माण गर्न लागिएको छात्रावास प्रमुख कल्पना लम्सालले जानकारी दिइन्।

सहिद चन्द्र नेपाली छात्रावासमा ३० जना क्षमताको रहेको छ। छात्रावासले अध्ययनमा सहजकता ल्याएकोले तला थप गरेर क्षमता बढाउन आवश्यक देखिएको तर वजेट अभावले काम अघि बढाउन नसकिएको छात्रावास व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर सुनारले बताए।

निर्मल माध्यामिक विद्यालयले प्रदान गरेको २ रोपनी ४ आना जग्गामा छात्रावास निर्माण गरिएको हो। छात्रावासमा बसेर गरिव तथा जेहन्दार छात्राहरुले अध्ययन गर्न पाउँछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।