सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेकपाले पोखरामा ¥याली निकालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–समूह कास्कीले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै बुधबार पोखरामा र्याली निकालेको हो । पोखराको पृथ्वीचोकबाट शुरु भएको र्याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगा मानव अधिकारचोक पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागिहरुले न्यायालय हाईहाई, केपी ओली बाईबाई, केपी तिम्रो पाराले, दुःख पाए सारालेलगायतका नारा लगाएका थिए ।
कोणसभामा बोल्दै नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सर्वोच्चको फैसलापछि प्रतिगमन सच्चिदै संविधान ट्रयाकमा आएको बताए । उनले संसद पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला ऐतिहासिक सुनौलो दिनको रुपमा ऐतिहासिक सुनौलो दिनका रुपमा अंकित हुने बताए ।
नेता गुरुङले प्रधानमन्त्री ओलीलाई प्रतिगमन गरेकोमा क्षमा माग्दै सच्चिन आग्रह गरे । उनले नैतिकता भए प्रधानमन्त्री ओलीलाई राजिनामा दिन आग्रह गरे । राजिनामा नदिएर फेरिपनि सत्ता टिकाउन अर्को प्रतिगामी कदम चाल्ने दुस्साहस गरेमा थप सशक्त आन्दोलन गरेर ओलीलाई सँधैका लागि बढार्ने उनले चेतावनी दिए ।
नेकपा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले ओलीको प्रतिगामी कदम सच्याएर सर्वोच्चले संविधान र लोकतन्त्रको रक्षा गरेको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिए । उनले प्रतिगामी कदमको साथ दिने ओली समूहका ईमान्दार कम्युनिष्ट नेता÷कार्यकर्तालाई मूल पार्टीमा फर्किन आग्रह गरे ।
वाम बुद्धिजिवी सुरेन्द्र थापा मगरले संविधानको कुनैपनि धाराले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएकाले प्रतिगमन सच्चिएको बताए ।
नेकपा कास्की सचिव बखानसिंह तमुले प्रतिगामी कदम सच्याएकोमा सर्वोच्चलाई धन्यवाद दिदै आन्दोलन गर्न सघाउने सबैमा आभार व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







