साङ्केतिक तस्विर
पोखरा । गण्डकी प्रदेशमा बुधबार भएका छुट्टा–छुट्टै सवारी दुर्घटनमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
नवलपुर बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलास्थित पूर्व पश्चिम राजमार्गमा भएको दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षिय मोतीराम बुढाको मृत्यु भएको छ ।
ना ६ ख ५०३५ नम्वरको बसका चालकसमेत रहेका बुढा बस आफै अनियन्त्रित भई सडको दायाँ साइडमा पल्टिएको अवस्थामा भेटिएपछि उद्दारका क्रममा प्रहरीले उनलाई सडकबाट दुई सय मिटर तल मृत अवस्थामा फेला पारेकोे जनाएको छ ।
यस्तै, नवलपुर वर्दघाट सुस्ता पूर्वको बौदीकाली गाउँपालिका–६ कोटथरको भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा ४ जना घाइते भएका छन् ।
गाउँपालिकाको भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु १ ज ३३२९ नम्वर जीप दुर्घटना हुँदा सोही गाउँपालिकाका ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा मोहन सिंह थापा, यमबहादुर गाहा, पिताम्वर गाहा र कुलबहादुर गाहा छन् । उनिहरुको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेकोे जनाएको छ ।
त्यसैगरि, पोखराको सृजनाचोकमा निजी कार र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् ।
प्रदेश ३–०१–०२४ च १३०६ नम्वरको कार र ग १८ प ५१२ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलको पछाडी सवार सृजनाचोकका उज्जल थापा घाइते भएका हुन् । घाइते थापाको सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।
तीन वटै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







