यस वर्ष नहुने भो, लेखनाथ उवासंघको अधिवेशन र साधारणसभा


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०७७ मा प्रकाशित




लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशन तथा २५ औं वार्षिक साधारणसभा यस वर्ष नहुने जनाइएको छ।

संघको हालै बसेको कार्यसमितिको बैठकले यस वर्ष उवासंघको अधिवेशन र साधारणसभा नगर्ने सर्वसम्वत सर्वसम्मत निर्णय गरेको हो।

बैठकले आगामी भदौ १८ र १९ गते अधिवेशन र साधारणसभा गर्ने निर्णय गरेको हो।

संघको संशोधित विधान अनुसार एक वर्ष नवीकरण भएका सदस्यहरुले मात्र निर्वाचन कार्यक्रममा भाग लिन पाउने व्यवस्था भएको हुँदा यहि २०७७ चैत मशान्तभित्र संघमा प्राप्त नयाँ सदस्यहरुले पनि निर्वाचन कार्यक्रममा भाग लिन पाउने निर्णय गरिएको छ।

यसैगरि संघको बैठकले कोरना भाईरसका कारण यस वर्षको लेखनाथ महोत्सव गर्न नसकिएकाले आगामी साल १७ औं संस्करणको लेखनाथ महोत्सव २०७८ साल पुस महिनामा गर्ने निर्णय समेत गरेको बताईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।