आगामी सरकारको गठबन्धन प्राकृतिक हुनुपर्छ : श्रेष्ठ


     रासस     
     फागुन १३ गते २०७७ मा प्रकाशित




काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना भइसकेका सन्दर्भमा नयाँ सरकार निर्माणका लागि वर्तमान सरकारले बाटो खुला गर्नुपर्नेमा जोड दिएका छन् ।

आज आयोजित साक्षात्कारमा नेता श्रेष्ठले आफूहरुले नेपाल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहलाई ठोस धारणा बनाउनका लागि सुझाव दिएको पनि बताए ।

उनले भने, “तीन दल हुन्छ कि कांग्रेस र नेकपा मात्रै हुन्छ ? यो टुङ्गिएको छैन, नेकपाको आन्तरिक विभाजन छ, कानूनीरुपमा पूर्णता पाओस् ।” आगामी सरकारको गठबन्धन प्राकृतिक, अग्रगामी, समृद्धि र सुशासनतर्फ जाने खालको हुनुपर्नेमा समेत उनले जोड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।