अभिनेत्री मिथिला शर्मालाई लालबहादुर–चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७७ मा प्रकाशित




अभिनेत्री मिथिला शर्मालाई लालबहादुर–चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार प्रदान गरिने भएको छ।

संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित उक्त पुरस्कार नेपाली नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रसिद्ध नृत्यकलाकार तथा अभिनेत्री शर्मालाई प्रदान गरिने भएको हो।

केन्द्रको बुधबार बसेको बैठकले यस वर्ष उक्त पुरस्कार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो। प्रत्येक २/२ वर्षमा उक्त पुरस्कार प्रदान गरिदै आएको छ।

केन्द्रका संस्थापक अध्यक्ष स्व.लालबहादुर ढेवाजूको स्मृतिमा धर्मपत्नी चण्डेश्वरी ढेवाजूले २०५५ सालमा एक अक्षयकोष खडा गरी लालबहादुर ढेवाजू स्मृति संगीत पुरस्कार संचालन गर्ने जिम्मेवारी केन्द्रलाई प्रदान गरेको थियो।

त्यसपछि, अक्षयकोष दाता चण्डेश्वरीको पनि निधनपछि २०६९ सालमा छोरीहरुले आफ्ना माता–पिताको नामबाट पुरस्कार वितरण गर्दै आएको हो।

यस पुरस्कारबाट नेपाली संगीतका शिखर पुरुष स्व. अम्बर गुरुङ, सुप्रसिद्ध गायक तथा संगीतकार दिप श्रेष्ठ, संगीतकार रन्जित गजमेर, स्व.सरोजगोपाल, स्व.कल्याण शेरचन, बाबा राणा, अमृत गुरुङ, रामभक्त जोजिजु, स्व.धनबहादुर गायक तथा श्यामलाल श्रेष्ठ सम्मानित भइसकेका छन्।

यस पुरस्कारको राशी १ लाख, दोसल्ला र सम्मानपत्र रहेको छ। पुरस्कार यही फागुन २७ गते एक समारोहबीच नेपाली नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा मिथिला शर्मालाई प्रदान गरिने अध्यक्ष गौतम विजुक्छेले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।