कास्की प्रसासनमा थानेश्वर गौतम आउने


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७७ मा प्रकाशित




पोखरा । जिल्ला प्रसासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको सरुवा भएको छ । ढकाललाई जिल्ला प्रसासन कार्यालय धादिङमा सरुवा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।शुक्रबार बसेको मन्त्रीस्तरीय निर्णयबाट कास्कीको प्रमुख जिल्ला अधिकारीमा थानेश्वर गौतमलाई पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

कास्कीको प्रमुख जिल्ला अधिकारी भएर आउन लागेको गौतम यसअघि गृहमन्त्रालय सिंहदरवारमा कार्यरत थिए । मन्त्रिस्तरिय निर्णयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।