काठमाण्डौं । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै परेको रिटमा फागुन ११ गते सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको थियो ।
सर्वाेच्चले १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन सरकारलाई परमाधेश जारी गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मात्रै राष्ट्रपति भण्डारीसँग यस विषयमा छलफल गरेका थिए ।
बैठकमा नगरपालिकालाई जग्गा उपलब्ध गराउनेदेखि कर्मचारी सरुवा, जिम्मेवारी तोक्ने र मन्त्रालयगत नियमित विषयमा छलफल गरिएको एक मन्त्रीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







