सेराबेसी खानेपानी समितिमा भण्डारी


     एभरेस्ट आवाज    
     फागुन १५ गते २०७७ मा प्रकाशित




तनहुँ । तनहुको शुक्लागण्डकी नगरपालिका वडा नं १ सेराबेसीमा कृयाशिल सेराबेसी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चौथो अधिवेशन तथा छैटौं साधारणसभाले हरिप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा भोलानाथ पन्थी, सचिवमा रामभक्त खनाल, कोषाध्यक्षमा सीता पन्थी रहेका छन् ।

त्यस्तै समितिका सदस्यहरूमा बन्धुराज भण्डारी, हिमालयराज ढकाल, लक्ष्मीकुमारी भण्डारी, विश्व।राज वाग्ले, तिलादेवी भण्डारी, श्रीप्रसाद तिम्सिना र जुना परियार रहेका छन् । समितिको लेखा समितिमा संयोजक केशवराज पौडेल र सदस्यहरूमा हरिश्चन्द्र पन्थी र विश्वराज भण्डारी छन् ।

निर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजक ठाकुरप्रसाद खनालले प्रमाणपत्र प्रदान गरेका थिए ।

समितिका अध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एवम् आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवित्रा खनालले प्रस्तुत गरेकी थिइन् भने स्वागत उपाध्यक्ष भोलानाथ पन्थीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।