मुस्ताङ । मुस्ताङका टिकबहादुर थकाली मृत अवस्थामा भेटिएका छन् ।
शनिबार साढे ५ बजे मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङस्थित घरबाट निस्केका थकाली आज बिहान ढोखाङ डाँडा नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार साँझबाट हराइरहेका ४९ वर्षिय थकाली सोही स्थानको ढोखाङ डाँडाबाट अन्दाजी ५० मिटर मृत अवस्थामा भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
घटनका विषयमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







