प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन् । अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आज पोखरा आउने भएका हुन् । प्रधानमन्त्री ओली गण्डकी प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने नेकपा ओली पक्षका प्रदेश ईञ्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
ओली आज पूर्वाह्न ११ः४० बजेको बुद्ध एयरको फ्लाइटबाट पोखरा आउने नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए । पोखरा आएलगत्तै उनी गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा सहभागि हुने उनले बताए ।
भवन शिलान्यास कार्यक्रम पश्चात प्रधानमन्त्री ओली दिउँसो करीब १ बजे कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुनेछन् । त्यहाँ उनले प्रशिक्षण मन्तव्य राख्ने तय भएको नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राजिव पहारीले जानकारी दिए ।
नेकपा ओली समूहले यसअघी फागुन १५ गतेका लागि तय भएको आमसभा रोकेर मंगलबार प्रदेश स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्न लागेको हो । संसद पुर्नस्थापना भएसँगै आमसभा भेला रोकेको ओली समूहले सोमबार अगुवा कार्यकर्ता भेला गर्न लागेको हो । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा ओली समूहका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटी सदस्य, भातृ संगठनका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु, पालिकाका प्रमुख, उपप्रमुख, पार्टीको महानगर, नगर तथा गाउँ कमिटीका पदाधिकारी सहभागि हुने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





