तस्बीरः एजेन्सी
बालबालिकाहरुलाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादिका एक शिक्षकलाई कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कमजोर आर्थिक अवस्था भएका अभिभावकहरुका बालबालिकाहरुलाई निःशुल्क खान र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भनि आश्वासन दिई ल्याईएका वालवालिकाहरुलाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादिका ४५ वर्षीय शिक्षक ईन्द्रबहादुर थापालाई कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
शिक्षक थापालाई बालबालिकालाई यातना दिएको अभियोगमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
स्थानीय भूमि आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका थापाले घरपायक जागिर र पद जोगाउन विभिन्न जिल्लाका ७ जना विद्यार्थीलाई दुई वर्षदेखि बन्धक बनाएको खुलेको हो। थापाको घरबाट भाग्न खोजेका विद्यार्थीलाई उनले कुटपिट गरेपछि घटना सार्वजनिक भएको हो।
ती बालबालिकाहरुलाई हाल सिविन नेपाल संस्थामा राखिएको र निजहरुको घरठेगाना र अभिभावकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







