गण्डकी प्रदेशमा पर्ने नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीमा सोमबार भएको दुर्घटनामा २ जनाको मृत्यू भएको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना.७ख. ७०२३ नं.को ट्रक र बिपरित दिशाबाट गइहेको ना.६ख. ३०११ नं.को ट्रक आपसमा ठक्कर खाई दुर्घटना हुँदा पोखराका २ जनाको मृत्यू भएको हो । मृत्यू हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–१५ का ५१ वर्षीय खिम बहादुर बिक र चितवन बस्ने ३१ वर्षिय राजकुमार न्यौपानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका दुबैलाई उद्धार गरेर नवलपुरको जिल्ला अस्पताल डण्डा लगिएपनि उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घटनामा सह–चालकहरु दाङ बबई गाँउपालिका–६ बस्ने वर्ष अन्दाजी ३३ का घनश्याम खड्का र तनहुँ बन्दिपुर गाँउपालिका–३ बस्ने वर्ष १८ का विश्वास शाही घाईते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घाइते दुबै जनाको अवस्था गम्भिर रहेको घटनाको बिषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







