प्रतिकात्मक तस्बीर
स्याङ्जा । स्याङ्जामा मोटरसाइकलको ठक्करबाट एक यूवती घाइते भएकी छिन् ।
मंगलबार दिउँसो सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका– ३ नयाँबजारमा लु ६ प २६४ नम्वरको मोटरसाइकले ठक्कर दिँदा गल्याङ ८ की अस्मिता श्रेष्ठ (१७ ) घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
चिन्नेपानीबाट वल्फुकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो ।
घाइते श्रेष्ठलाई उपचारका लागि मिसन अस्पताल पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







